काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ९०३ जनाको शव फेला परेको छ।

प्राधिकरणले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। घटनामा २६७ जना घाइते भएका छन्।

यस्तै, बाढी तथा त्यसबाट सिर्जित विपद्मा परेका १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि सुरक्षा निकाय तथा उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

 

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com