काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।

भट्टराईले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेका हुन्। राष्ट्रिय विपत्तिको यस घडीमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले सहयोग रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै विभिन्न व्यक्ति, संघसंस्था र निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

भट्टराईले पनि विपद्को कठिन समयमा पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो तर्फबाट उक्त रकम प्रदान गरेका हुन्।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com