काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। लामिछानेले सोमबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा जारी खोज, उद्धार र राहत अभियानबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

लामिछानेले सोमबार नै प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन) सँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत र व्यवस्थापनका कामबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त विवरण तथा प्रभावित क्षेत्रमा भइरहेको गतिविधिबारे लामिछानेले त्यसपछि राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि भइरहेको प्रयासलाई प्रभावकारी बनाउने विषयमा पनि भेटमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com