काठमाडौं। नेपाल भलिबल संघले रसुवाका बाढीपीडितका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।
संघको सोमबार बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया