काठमाडौं । काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा सोमबार राति जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले बागमतीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार नदीको जलसतह बढिरहेकाले नदी आसपासका बस्तीमा बाढीको जोखिम हुन सक्ने भन्दै स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो। नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, सिन्धुपाल्चोकका मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ तथा आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र, दोलालघाट दोभानसम्म, बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यान दिनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com