काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकले प्रतिनिधिसभाको आगामी बैठक बोलाउने मिति तथा त्यसमा समेटिने कार्यसूचीबारे छलफल गर्नेछ।

बैठकमा संसद्को आगामी बैठक कहिले सञ्चालन गर्ने तथा कुन–कुन विषयलाई प्राथमिकताका साथ अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

यसअघि सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका थिए।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा विपद् व्यवस्थापन, पीडितको उद्धार तथा राहत र पुनर्स्थापनाका विषयमा संसद्मा छलफल गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको आगामी बैठकको मिति र सम्भावित कार्यसूची तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com