काठमाडौं । २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ। सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको हो।

स्थलगत रूपमा खोज तथा उद्धारको अवस्थाबारे जानकारी लिन पुगेका पत्रकार जसिन्द्र श्रीपालीले सामाजिक सञ्जालमार्फत सेनाको उद्धार टोली घटनास्थल पुगेको जानकारी दिएका छन्।

श्रीपालीका अनुसार सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलमा प्रवेश गरेको हो। उनी पनि सुरुङभित्र फसेका आफ्नै जिल्लाका नागरिकको अवस्थाबारे जानकारी लिन पाँच दिनदेखि धुन्चेमा रहँदै आएका छन्।

उद्धार टोली घटनास्थलमा पुगेसँगै आजदेखि सुरुङभित्र फसेकाको खोजी तथा उद्धार अभियान सुरु गर्ने तयारी गरिएको छ।

आफन्त तथा परिवारका सदस्य सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे जानकारीको पर्खाइमा रहेका परिवारजन सेनाको टोली घटनास्थल पुगेपछि उद्धारको सम्भावना बढेको भन्दै आशावादी बनेका छन्।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com