सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए।

मन्त्री पछाईका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनमा समेत सहयोग पुग्ने गरी रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ पनि स्वीकृत गरेको छ।

कर्णाली प्रदेशको शिक्षा क्षेत्रलाई आगामी १० वर्षसम्म योजनाबद्ध र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले तयार पारिएको उक्त योजना मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री पछाईले बताए।

योजनाले प्रदेशको शैक्षिक विकासका लागि दीर्घकालीन नीति, प्राथमिकता तथा कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने आधार तयार गर्ने सरकारको अपेक्षा छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com