काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शर्माको शव गोरखातर्फको त्रिशूली नदीमा फेला परेको हो।
हुम्लाको ताजाकोट गाउँपालिका–२ घर भएका शर्माको शव पहिचानपछि पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि परिवारले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा मानव अंग फेला पर्ने क्रम जारी छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लामा हालसम्म ६५ जनाको शव फेला परिसकेको छ।
बाढीपछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी तथा पहिचानको कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया