काठमाडौं। देशमा सिर्जिएको विपद्को अवस्थालाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले मंगलबार सार्वजनिक गर्ने तय गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गतको चिठ्ठाको नतिजा तत्कालका लागि स्थगित गरेको छ।

विभागका अनुसार विपद्को वर्तमान परिस्थितिका कारण पूर्वनिर्धारित नतिजा प्रकाशन कार्यक्रम स्थगित गरिएको हो।

नतिजा प्रकाशन स्थगित भए पनि योग्य कारोबारका आधारमा प्रणालीमा कुपन तयार हुने तथा थपिने प्रक्रिया भने नियमित रूपमा जारी रहने विभागले जनाएको छ।

यसअघि नै योग्य भइसकेका सम्पूर्ण कुपन प्रणालीमा सुरक्षित रहने विभागले स्पष्ट पारेको छ।

स्थगित भएको चिठ्ठा र त्यसपछिको नियमित कार्यक्रमको नतिजा एकैपटक संयुक्त रूपमा सार्वजनिक गर्ने तयारी विभागले गरेको छ।

नतिजा सार्वजनिक गर्ने नयाँ मिति, संयुक्त चिठ्ठामा समेटिने अवधि लगायतका विषयमा विभागले चाँडै औपचारिक सूचना जारी गरी जानकारी गराउने जनाएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com