काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र आबद्ध विद्युत् कम्पनीहरूले १३ करोड १ रुपैयाँ सहयोग गरेका छन्।
इप्पानका अनुसार बाढीका कारण आठ सञ्चालनमा रहेका र चार निर्माणाधीन गरी १२ वटा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। अन्य आयोजना प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जनाइएको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले मंगलबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार










प्रतिक्रिया