काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एक अर्ब रुपैयाँ निकासा गरिएको छ।

मंगलबार बसेको कोष सञ्चालन समितिको बैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमार्फत तत्काल परिचालन गर्ने निर्णय गरेको हो। रकम बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार मर्मत तथा अस्थायी बासस्थान निर्माणलगायतका काममा खर्च गरिनेछ।

बाढी प्रभावित पालिका तथा जिल्लाका विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। सोही मागका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com