काठमाडौ । सरकारी कागजात सच्याएर गैरकानुनी लाभ लिएको र राज्यलाई हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी, खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी बनाएको छ।
आयोगका अनुसार गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ। अख्तियारले उक्त रकम असुल गर्न, जरिवाना तथा कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार










प्रतिक्रिया