काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारी कागजात सच्याउने, गलत लिखत तयार गर्ने तथा गैरकानुनी लाभ–हानि पुर्याएको आरोपमा उनीहरूविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया