काठमाडौं। मकवानपुरको भैँसेमा ईभी कार दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३२ च १०६२ नम्बरको डायुन ईभी तृकण्डेश्वर महादेव मन्दिरनजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक जितेन्द्रकुमार साह र कारमा सवार रिन्ता माया भुजेल घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

भैँसे प्रहरी चेकपोस्टका असई गगनदेव भगतले सडक सामान्य रहेको भन्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए। कार मालिक राजेश महतोले भने स्टेरिङ लक भएर दुर्घटना भएको दाबी गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com