काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग तथा व्यवसायीका लागि विशेष पुनरुत्थान प्याकेज घोषणा गरेको छ। प्याकेजअन्तर्गत कर तथा भन्सार छुट, कर्जा पुनर्संरचना र बीमा दाबीमा सहुलियत दिइनेछ।
प्रभावित व्यवसायीले केही कर विवरण ढिलो बुझाउन पाउनेछन् भने क्षतिग्रस्त सवारीसाधन, मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छुटको व्यवस्था गरिएको छ। बैंकबाट लिएको कर्जा पुनर्तालिकीकरण गर्न सकिने र बीमा दाबीमा बढीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी पाउने व्यवस्था पनि गरिएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया