काठमाडौं । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारहरू दिनरात अस्पताल, प्रहरी कार्यालय र सम्भावित घटनास्थलमा पुगिरहेका छन्।

ललितपुरका शिशिर बस्नेत आठ दिनदेखि सम्पर्कविहीन छन्। उनको परिवारले काठमाडौंका अस्पतालदेखि नुवाकोट र चितवनसम्म पुगेर खोजी गरिरहेको छ। त्यस्तै, रसुवामा कार्यरत सङ्गम थापा घर्तिमगर र पत्रकार टेकराज थामी पनि बाढीपछि सम्पर्कविहीन छन्।

समय बित्दै जाँदा खोजी कठिन बन्दै गए पनि परिवारले आशा छाडेका छैनन्। उनीहरूले सरकारी निकाय, सुरक्षा निकाय, अस्पताल तथा सर्वसाधारणसँग बेपत्ता आफन्तको खोजीमा सहयोग र सूचना उपलब्ध गराइदिन आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com