काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि चीनको तिब्बतमा फसेका ११४ नेपाली नागरिकलाई चीन सरकारले उद्धार गरी नेपाल पठाएको छ।

काम विशेषले तिब्बत पुगेका उनीहरूमा एक नाबालकसमेत रहेका छन्। चीनले उद्धार गरेका नेपालीलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाका हुँदै सुरक्षित रूपमा नेपाल प्रवेश गराइएको हो।

बाढीका कारण सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित भएपछि चीनमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com