दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खस्दा चौलानी नदीको आधा भाग थुनिएको छ। माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नदी पूर्ण रूपमा थुनिए पानीको बहाव अचानक बढेर तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित जोखिमबाट धनजनको क्षति रोक्न नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् उद्धारका लागि १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com