नुवाकोट। त्रिशुलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।
बाढीपछि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । यो तुइनबाट स्थानीयहरू आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ ।
देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया