काठमाडौं । थाइल्याण्डबाट हुलाकमार्फत नेपाल ल्याइएको १ किलो ९१० ग्राम थाई गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले इटहरी पठाइएको शंकास्पद पार्सल जाँच गर्दा ९१० ग्राम गाँजा फेला पारेको थियो। ‘कन्ट्रोल डेलिभरी’मार्फत पार्सल बुझ्न आएका दुई महिलालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा गाँजा लिन आएका दुई भारतीय नागरिकसमेत पक्राउ परेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com