काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चीनको ग्वाङ्झाउमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
फिन्नी चाइनाको आयोजनामा भएको कार्यक्रममा नेपाली महावाणिज्यदूत भरत खनालसहित एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रमको सुरुवात एक मिनेट मौनधारणबाट गरिएको थियो।
सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै, विपत्तिको समयमा नेपाली समुदाय एकजुट भएर पीडित परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया