काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यको हस्तक्षेप र शिक्षामा बढेको राजनीतिकरणका कारण नेपालको शिक्षा प्रणाली कमजोर बन्दै गएको बताएका छन्।

शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार तथा सम्मान समारोहमा बोल्दै यादवले विगतमा समुदायको पहलमा सञ्चालन भएका विद्यालयहरू उत्कृष्ट रहेको स्मरण गरे। तर, शिक्षाको जिम्मेवारी राज्यले लिएपछि राजनीतिक हस्तक्षेप बढ्दै जाँदा सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको उनको भनाइ थियो।

उनले अहिले धेरै विद्यालयमा विषयअनुसार पर्याप्त शिक्षकसमेत नरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याए। साथै, मधेशबाट उत्कृष्ट शिक्षक छनोटमा एक जना पनि नपरेकोप्रति दुःख व्यक्त गर्दै विगतमा मधेशका शिक्षकहरूले देशका विभिन्न क्षेत्रमा पुगेर गणित र अंग्रेजी पढाउने गरेको स्मरण गरे।
यादवले शिक्षकको मुख्य जिम्मेवारी असल र दक्ष नागरिक निर्माण गर्नु रहेको बताए। साथै, जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम बढ्दै गएको भन्दै नयाँ पुस्तालाई वातावरण संरक्षणसम्बन्धी शिक्षासँग जोड्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com