काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सुरक्षाकर्मीहरूले नेपाली राष्ट्रिय झण्डा पुनः फहराएका छन्।
बाढीले सीमा स्तम्भसहित सडक तथा अन्य भौतिक संरचना बगाएपछि सीमा पहिचानमा समस्या भएको थियो। निरन्तर तीन दिनको प्रयास र समन्वयपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले जोखिमपूर्ण अवस्थामा सही स्थान पहिचान गरी राष्ट्रिय झण्डा स्थापना गरेको हो।
बाढीका कारण सीमा क्षेत्रको भौगोलिक स्वरूपसमेत परिवर्तन भएको र नदीको कटान अझै जारी रहेकाले सुरक्षाकर्मीलाई काम गर्न कठिनाइ भएको थियो। अहिले सुरक्षाकर्मीहरूले सीमा सुरक्षासँगै बाढीबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छन्।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया