काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सुरक्षाकर्मीहरूले नेपाली राष्ट्रिय झण्डा पुनः फहराएका छन्।

बाढीले सीमा स्तम्भसहित सडक तथा अन्य भौतिक संरचना बगाएपछि सीमा पहिचानमा समस्या भएको थियो। निरन्तर तीन दिनको प्रयास र समन्वयपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले जोखिमपूर्ण अवस्थामा सही स्थान पहिचान गरी राष्ट्रिय झण्डा स्थापना गरेको हो।

बाढीका कारण सीमा क्षेत्रको भौगोलिक स्वरूपसमेत परिवर्तन भएको र नदीको कटान अझै जारी रहेकाले सुरक्षाकर्मीलाई काम गर्न कठिनाइ भएको थियो। अहिले सुरक्षाकर्मीहरूले सीमा सुरक्षासँगै बाढीबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छन्।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com