काठमाडौं । साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४, ईशान पाण्डेले ४० र देव खनालले ३९ रनको योगदान दिए।

यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरबलाई १९० रनमै समेट्न सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।

यो जितसँगै नेपालले समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै ६ अंक जोडेको छ। नेपाल यसअघि बहराइन र आयोजक मलेसियालाई पराजित गर्दै समूहको शीर्ष स्थानमा थियो।

समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्ने नेपाल पहिलो टोली बनेको छ। अब समूह चरणको अन्तिम खेल जित्दै समूह विजेता बन्ने नेपालको लक्ष्य हुनेछ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com