पर्सा। टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्‍याइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए।

प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ आउँदै गरेका चौरेलले चलाएको प्र२-०३-०२२प ९६४५ नम्बरको मोटरसाइकललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।

  • रासस

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com