काठमाडौं। महानगरपालिकाले उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात विस्तार गर्ने तयारी गरेको छ। हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्याउने र ६ वटा नयाँ रुट थप्ने प्रस्ताव गरिएको छ।
नयाँ रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र तथा उपत्यकाका मुख्य क्षेत्रलाई जोड्नेछन्। रात्रीकालीन यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन बसमा निगरानी क्यामेरा र स्थान पहिचान प्रणाली जडान गर्न पनि सिफारिस गरिएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार











प्रतिक्रिया