काठमाडौं।  महानगरपालिकाले उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात विस्तार गर्ने तयारी गरेको छ। हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्‍याउने र ६ वटा नयाँ रुट थप्ने प्रस्ताव गरिएको छ।

नयाँ रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र तथा उपत्यकाका मुख्य क्षेत्रलाई जोड्नेछन्। रात्रीकालीन यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन बसमा निगरानी क्यामेरा र स्थान पहिचान प्रणाली जडान गर्न पनि सिफारिस गरिएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com