काठमाडौं । कञ्चनपुरका दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार भारी वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम छ। स्थानीय तहलाई नदीको निगरानी बढाउन तथा आवश्यक पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ।
कञ्चनपुरमा आइतबार बिहानैदेखि अविरल वर्षा भइरहेको छ। महाकाली नदीको जलस्तर सतर्कता तह पार गरेपछि भारततर्फको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ। साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार










प्रतिक्रिया