काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २१ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये ५५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ।

अस्पतालमा उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com