कपिलवस्तु। कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको डेढ महिनामा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा १३ पुरुष र ६ महिला छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।

सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध लुकाएर ओसारपसार गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीले सो अवधिमा १३० ग्राम गाँजा, ५ किलो २२५ ग्राम चरेस, ३ ग्राम १५० मिलिग्राम हेरोइन, १० किलो ३६४ ग्राम अफिम र १० थान नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइएको छ।

भारतसँग सीमा जोडिएका क्षेत्रबाट हुने अवैध लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले सीमा नाकामा निगरानीसमेत थप कडा पारेको जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com