काठमाडाैं। ललितपुरमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफूले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार












प्रतिक्रिया