झापा। झापाका विभिन्न सामुदायिक वन क्षेत्रमा करिब एक महिनादेखि डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह सोमबार बिहान भारततर्फ फर्किएको छ।

बच्चासहितको हात्तीको ठूलो हुल भारत फर्किएपछि बाहुनडाँगी, शान्तिनगरलगायत उत्तरी–पूर्वी झापाका स्थानीयले केही राहत महसुस गरेका छन्। हात्तीको समूहले यस अवधिमा घर भत्काउने, धानबाली नष्ट गर्ने तथा सुपारीका बोटमा क्षति पुर्‍याउँदै आएको थियो।

स्थानीय नीलकण्ठ तिवारीका अनुसार नेपाल–भारत सीमामा जडान गरिएको सोलार फेन्सिङ जीर्ण भएकाले भारतको आसाम र पश्चिम बंगालका जंगलबाट मेची नदी हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेका छन्।

ठूलो समूह भारत फर्किए पनि सोमबार बिहान बिर्तामोड–७ मा एउटा हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयमा पुनः त्रास फैलिएको थियो। करिब चार घण्टा बस्ती क्षेत्रमा घुमेको उक्त हात्ती पछि बुटाबारीस्थित चियाबगानतर्फ गएको स्थानीयले बताएका छन्।

झापामा हरेक वर्ष जंगली हात्तीका कारण मानवीयसँगै घर, अन्नबाली र अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति हुँदै आएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com