काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २३ गते मंगलबार सार्वजनिक बिदा भए पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई काउन्टर तथा बैंकिङ सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

रसुवा, नुवाकोटलगायत जिल्लामा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन बैंकिङ सेवा आवश्यक भएकाले यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २३ गते ‘जेन्जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा भए पनि विपद् प्रभावित क्षेत्रमा आवश्यक सेवा सहज बनाउन बैंकिङ सेवा बन्द नगर्न निर्देशन दिइएको हो।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com