काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले बाढी प्रभावित नुवाकोटका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरेका छन्। उनले विद्यालयमा पुगेको क्षति, पठनपाठनको अवस्था र विद्यार्थीको समस्याबारे जानकारी लिँदै अवरुद्ध शैक्षिक गतिविधि
यथाशीघ्र सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा क्षति पुगेको छ। बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया