काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले रिट खारेज गर्ने आदेश दिएको हो।

संसदबाट महाभियोग प्रस्ताव पारित नभए पनि महाभियोग प्रक्रियामा रहेका कारण जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सनलगायतका सुविधा रोक्ने विषयमा रिट दायर गरिएको थियो। अदालतले रिट खारेज गरेसँगै जबरालाई पूर्वप्रधानन्यायाधीशका रूपमा प्राप्त हुने सुविधा र पेन्सन पाउने बाटो खुलेको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com