काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक बुधबार साँझ ठूलो सुक्खा पहिरो खस्दा जिरो–भोर्ले–पार्च्याङ सडकखण्ड अवरुद्ध भएको छ। बागेश्वरी मन्दिरनजिकै पहिरो खसेपछि सडकमा आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो।

बाढीका कारण नुवाकोटको बेत्रावती हुँदै स्याफ्रुवेंशी र धुन्चे जोड्ने मुख्य सडक अवरुद्ध रहेकाले यो सडकखण्ड वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। तर, वैकल्पिक सडकसमेत पहिरोले अवरुद्ध भएपछि काठमाडौँ तथा नुवाकोट हुँदै रसुवा जाने र धुन्चेबाट फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याएर फर्कने तथा रसुवा जाने तयारीमा रहेका सवारीसाधन र राहत टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन्। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन दुईवटा डोजर परिचालन गरिएको छ भने सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com