काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि नेपाल टेलिकमले १० करोड रुपैयाँ सहयोग गरेको छ।

टेलिकमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भदौ २४ गते आयोजित कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरिन्।

यसअघि टेलिकमका कर्मचारीबाट संकलित २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ पनि राहत कोषमा हस्तान्तरण गरिएको थियो। बाढी प्रभावित क्षेत्रका सेवाग्राहीका लागि टेलिकमले करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डेटा र एसएमएस सेवा उपलब्ध गराएको जनाएको छ।

टेलिकमले प्राकृतिक विपद्का बेला राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com