काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साहलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले साहको नाम नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस गरेका हुन् । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ ।

साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए । जनमत पार्टीबाट निष्काशित भएपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com