काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने अनुमति दिएको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया