काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा नेतृत्वको वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मधेशी जनताले आशावादी भएर दिएको मतको सरकारले सम्मान गर्न नसकेको बताए। उनले सरकारको नीति, बजेट तथा नियुक्तिहरू मधेशविरोधी भएको दाबी गर्दै गरीब, मजदुर र किसानमाथि समेत प्रहार भइरहेको आरोप लगाए।

मधेशी जनतालाई अपमान गर्ने अभिव्यक्ति आएको भन्दै उनले असन्तुष्टि जनाए। साथै, सरकारले मधेशका मन्त्रीहरूलाई हटाएको विषयले पनि जनतामा असन्तुष्टि बढाएको भन्दै आगामी दिनमा मधेशी जनता सरकारको विरोधमा उत्रिन सक्ने दाबी गरे। उनले फेरि जेनजी युवाहरूले सरकारविरुद्ध विद्रोह गर्ने समेत बताए।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com