काठमाडौं । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भदौ ११ देखि २६ गतेसम्म ४९० संस्था तथा व्यक्तिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष २ अर्ब ७३ करोड ४६ लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सहयोगमध्ये ४५० संस्थाबाट २ अर्ब ६५ करोडभन्दा बढी र ४० व्यक्तिबाट ७ करोड ७१ लाखभन्दा बढी प्राप्त भएको मन्त्रालयले जनाएको छ। भदौ २६ गते मात्रै २२ संस्था तथा व्यक्तिबाट ३० करोड ३२ लाख रुपैयाँभन्दा बढी र १० लाख अमेरिकी डलर सहयोग प्राप्त भएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया