काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ८९४ जनालाई कारबाही गरेको छ।

शनिबार बिहानसम्म सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८१ जना र सिसिटिभीमार्फत ५९ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, रातो बत्ती उल्लंघन गर्ने ६९ जना, तीव्र गतिमा सवारी हाँक्ने १०६ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १९ जना र लेन अनुशासन उल्लङ्घन गर्ने २८ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यसैगरी, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने २० जना, एकतर्फी (वान-वे) मार्ग उल्लंघन गर्ने ९ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com