काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ।

पार्टी कार्यालयमा आज साँझ बैठक बस्ने भएको हो। आजको बैठकमा शुक्रबार प्रस्तुत कार्यदलको प्रतिवेदनमाथि छलफल हुने पार्टी सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतले जानकारी दिएका छन्।

शुक्रबारको बैठकमा उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। सोही प्रतिवेदनमाथि आजदेखि छलफल हुन लागेको सचिव बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com