काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।
देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ। साथै, रसुवा र नुवाकोटका बाढीबाट गम्भीर प्रभावित पाँच सदस्य विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। बाँकी सहयोग रकम पनि विपद् राहत कोषमा हस्तान्तरण गरिने प्याब्सनले जनाएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार












प्रतिक्रिया