काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। अनामनगरस्थित संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न भएपछि साँझ ५ः४५ बजे उनलाई भद्रकालीबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
परियारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसहितका व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रममा वक्ताहरूले सरकारले बाढीपीडितलाई राहत दिनुको सट्टा थप समस्या दिएको आरोप लगाएका थिए। यसअघि पनि विवादास्पद अभिव्यक्ति दिएको भन्दै परियार पक्राउ परेका थिए।
प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार












प्रतिक्रिया