काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले राजनीतिक असहमतिका नाममा हुने दुर्व्यवहारको विरोध गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। केही महिनाअघि माइतीघरमा आयोजित आफ्नो कार्यक्रममा सरकार समर्थित एक व्यक्ति प्रश्न गर्ने शैलीमा प्रवेश गरेर आफूमाथि दुर्व्यवहार गरेको स्मरण गर्दै उनले त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरू उक्त घटनामा खुसी भएको बताए।
‘हाम्रो विपक्षीलाई ठिक्क पर्यो’ भन्ने सोचका कारण रास्वपा समर्थकहरू उक्त घटनामा खुसी भएको उनको भने।
त्यसैगरी, हिजो मधेशमा शिक्षा मन्त्रीमाथि दुर्व्यवहार भएको घटनाप्रति टिप्पणी गर्दै तिमिल्सिनाले विपक्षी भए पनि आफूहरू त्यस्तो राजनीतिक संस्कारको पक्षमा नरहेको बताए।
उनले लोकतन्त्रमा प्रश्न, बहस र संवाद हुनुपर्ने तर दुर्व्यवहार स्वीकार्य नहुने धारणा राखे।
तिमिल्सिनाले रास्वपा समर्थकलाई लक्षित गर्दै आफूले पालेको सर्पले छिमेकीलाई मात्र डस्छ भन्ने नहुने भन्दै राजनीतिक संस्कारबारे सचेत हुन आग्रहसमेत गरे।
‘केही महिना अघि माइतीघरमा सरकार समर्थित एक जनाले प्रश्न गर्ने शैलीमा हाम्रो कार्यक्रममा छिरेर मलाई दुर्व्यवहार गरेकी थिइन्। रास्वपा समर्थित साथीहरू त्यो घटनामा एकदम खुसी हुनुहुन्थ्यो। हाम्रो विपक्षीलाई ठिक्क पर्यो भन्ने सोच थियो। ठिक त्यसरी नै हिजो शिक्षा मन्त्रीमाथि मधेशमा दुर्व्यवहार भएछ,’ उनले भने, ‘हामी हाम्रो विपक्षी नै भए पनि यस्तो खालको राजनीतिक संस्कारको विरोध गर्छौँ। लोकतन्त्रमा प्रश्न, बहस र संवाद हुन्छ, दुर्व्यवहार होइन। अनि विशेषगरी रास्वपाका समर्थकले बुझ्नुपर्ने कुरा के हो भने आफैँले पालेको सर्प भए पनि छिमेकीलाई मात्र डस्छ भन्ने हुँदैन।’
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया