काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्।

चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गतेसम्म हुने साताव्यापी भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ ‘बेइजिङ सियाङसान फोरम’मा सहभागिता जनाउने नेपाली सेनाले जनाएको छ।

भ्रमणका क्रममा उनले बहुपक्षीय सुरक्षा तथा सैन्य कूटनीतिसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ।

चीन प्रस्थान गर्नुअघि सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com