काठमाडौं । सुर्खेतबाट सम्पर्कविहीन भएकी २७ वर्षीया उमा ज्ञवाली न्यौपानेको शव बर्दियामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीकी उमा भदौ २५ गतेदेखि परिवारको सम्पर्कमा थिइनन्।
भदौ २६ गते बर्दियाको गुलरिया गाउँपालिका–६, सोनाहफाँटस्थित मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा उनको शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय पाताभारले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको थियो।
परिवारका सदस्यले गुलरिया पुगेर शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार उमाको मानसिक अवस्था ठिक थिएन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया